उदयपुरमा सेवा लिन खोपकार्ड अनिवार्य

By खबरहब

January 26, 2022

उदयपुर– उदयपुरको अधिकांश सरकारी तथा वित्तिय संस्थाहरुमा सेवा लिन जाँदा कोभिड १९ विरुद्धको खोप लगाएको कार्ड लिएर मात्रै प्रवेश पाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय उदयपुरले गत आइतबारदेखि खोप कार्ड र माक्स अनिवार्य गरेको छ । खोप कार्ड नहुने र मास्क नलगाउने सेवाग्राहीलाई मूल ग्रेटबाट नै फकाईने गरेको छ ।

त्यसैगरी अन्य सरकारी कार्यालय तथा नेपाल ईन्भेष्टमेण्ट बैंक गाईघाट शाखा, राष्ट्रिय वाणिज्य बैंक गाईघाट शाखा लगायतमा खोप कार्ड र मास्क अनिवार्य गरेको हो । खोप कार्ड र मास्क नलगाइ गएका सेवाग्राहीले सेवा लिन पाउँदैनन् ।

अधिकांश सरकारी कार्यालयहरूले सो निणर्य गरेको जनाएका छन् । कार्यालयमा सेवा लिन आउने सेवाग्राहीहरुले कोभिड १९ विरुद्धको खोप कार्ड अनिवार्य लिएर आएको सेवाग्राहीलाई मात्रै सेवा लिन कार्यालय प्रबेश गर्न सुरक्षाकर्मीले दिने गरेका हुन् ।