टिप्स

मुख र जिब्रोको खटिरा निको पार्न के गर्ने ?

By खबरहब

February 26, 2022

कहिलेकाहीँ जिब्रो र मुखमा खटिरा आउँदा खान पिउन निकै समस्या हुने गर्दछ । दाँतले जिब्रो टोकिँदा, कब्जियतका कारणले वा अन्य कारणले पनि मुख र जिब्रोमा खटिरा आउन सक्छ । यस्तो समस्या तपाईँमा पनि हुने गरेको छ भने, आत्तिनु पर्दैन यसको घरेलु उपचार सम्भव छ ।

– अलैँचीको चूर्ण अलैँचीको धूलोलाई महमा चोबेर खटिरामा लगाउँदा र मुखको र्‍याल चुहाउँदा पनि खटिरा बिलाएर जान्छ ।

– अम्बाका पात अम्बाका पातलाई उमालेर कुल्ला गर्दा गला र जिब्रो सफा हुन्छ साथै खटिरा पनि हराउँछ ।

– मुलेठी मुलेठीको काँढा बनाएर चिस्याउनुस् त्यसलाई कपडा वा चियादानीले छान्नुहोस् र यसको पानीले दिनमा ३-४ पटक कुल्ला गर्नुहोस् । यसले मुख र जिब्रोका खटिरा हराउँछ ।

– घिउकुमारी घिउकुमारीको रस खटिरामा लगाउँदा पीडाबाट छिटो मुक्ति पाइन्छ साथै खटिरा पनि छिट्टै निको हुन्छ ।

– नरिवल पानी नरिवलको पानीले पनि मुख र जिब्रोको खटिरा ठिक पार्छ ।

– हरियो धनियाको रस धनियाँलाई पानीमा उमालेर त्यसको पानी छानेर चिस्याउने र कुल्ला गर्दा खटिरा गायब हुन्छ ।

– मह महलाई पानीमा मिसाएर कुल्ला गर्दा पनि खटिरा हराउँछ । पञ्जाब केशरी