फाइल फोटो

अन्तर्राष्ट्रिय

रुसमा फेसबुक प्रयोगमा प्रतिबन्ध

By खबरहब

February 26, 2022

एजेन्सी – युक्रेनमा आक्रमण गरेको रुसले सामाजिक संजाल फेसबुकको प्रयोगमा आशिंक प्रतिबन्ध लगाएको छ । फेसबुकमा रुसी संचार माध्यमलाई सेन्सर गरेको आरोप लगाउँदै रुसले फेसबुकको प्रयोगमा आशिंक प्रतिबन्ध लगाएको हो ।

स्टेट कम्युनिकेशन रेग्युलेटर रोसकोम्राडजोन्रले समाचार एजेन्सी, रक्षा मन्त्रालयको टेलिभिजन र वेभसाइटमा लगाएको सेन्सर हटाउन अनुरोध गरेको भएपनि फेसबुकले वेवास्ता गरेको दाबी गरेको छ ।

मेटाका उपाध्यक्ष निक क्लेगले फेसबुकले रुसी अधिकारीको चार मिडिया संगठनको तथ्य जाँच रोक्न गरेको अनुरोध अस्वीकार गरेको पुष्टि गरेका छन् ।

रुसले लामो समयदेखि इन्टरनेटमा नियन्त्रण गर्ने प्रयास गरिरहेको छ ।