टिप्स

खाली पेटमा लसुन खाँदा यस्तो फाइदा हुन्छ

By खबरहब

February 26, 2022

लसुनमा धेरै गुणकारी तत्त्वहरू पाइने भएकाले आयुर्वेदमा लसुनलाई औषधी नै मानिएको छ । जसले हामीलाई विभिन्न रोगहरूबाट मुक्त गराउँछ । साथै धेरै लाभहरू गर्दछ । बिहान सबेरै खाली पेटमा लसुन खानाले यसले सबैभन्दा धेरै फाइदा गर्दछ ।

– स्वस्थ मुटु लसुनले मुटुसँग सम्बन्धित रोगलाई नाश गर्दछ । लसुन खाँदा रगत स्वस्थ हुनुका साथै हर्ट अट्याकको खतरा कम हुन्छ । लसुन र महको मिश्रण खाँदा धमनीमा जम्मा हुने खराब तत्व हराएर जान्छ जसले ब्लड सर्कुलेशनलाई सही तरीकाले मुटुसम्म पुर्‍याउँछ ।

– उच्च रक्तचापमा लाभ लसुन खानाले उच्च रक्तचापबाट छुटकारा दिलाउँछ साथै ब्लड सर्कुलेशनलाई कन्ट्रोल गर्न मद्दत गर्छ । चिकित्सक उच्च रक्तचापबाट पीडित नियमित लसुन खाने सल्लाह दिन्छन् ।

पेटको रोगमा लाभ पेटसँग सम्बन्धित रोगहरूको रोकथामका लागि लसुनको सेवन निकै उपयोगी हुन्छ । पानी उमालेर त्यसमा लसुन हाली खाली पेटमा खाने हो भने यसले डायरिया र कब्जियतबाट मुक्त गराउँछ । साथै शरीरका हानिकारक तत्त्वहरू पनि बाहिर निकाल्न मद्दत गर्छ ।

– पाचन प्रणाली लसुनले पाचन प्रणालीलाई राम्रो बनाउँछ । खाली पेटमा लसुनको केस्रा चपाएर खाने हो भने यसले पाचन राम्रो बनाउँछ साथै रुचि पनि बढाउँछ ।

– तनावबाट छुटकारा पेटमा जम्मा हुने एक एसिडले मानिसको मन बेचैन बनाउन सक्छ । तर लसुनले यस्तो एसिड उत्पन्न हुन दिँदैन । लसुन खानाले टाउको दुख्ने समस्या पनि कम गराउँछ ।

दाँतको दुःखाईबाट छुटकारा लसुनलाई पिसेर दाँतमा लगाउँदा केही समयमै दुःखाई हटेर जान्छ ।

रुघाखोकीमा राहत लसुनले श्वाससँग सम्बन्धित रोगहरू रोकथाममा सहायक भूमिका निभाउँछ । यस्तै ज्वरो, रुघाखोकी, निमोनियाका बिरामीमा पनि लसुनले प्राकृतिक औषधीका रूपमा काम गर्छ ।

– एजेन्सीको सहयोगमा