रोचक/विचित्र संसार

जीवनभर श्रीमान्‌ले लट्री टिकट किनिरहे, श्रीमतीले एकै पटकमा जितिन् भव्य महल 

By खबरहब

February 26, 2022

भाग्य यस्तो चीज हो, जो बदलिन समय लाग्दैन । यस्तै भएको छ बेलायतका एक दम्पतीका लागि ।

श्रीमान् वर्षौँदेखि लट्री टिकट किन्दै आएका थिए तर पुरै जीवनमा उनले एक रुपैयाँ पनि जितेनन् । तर उनकी श्रीमतीले पहिलो पटक टिकट किनिन् र एकै पटकमा बनिन् करोडौँको घरको मालिक । तर यो टिकट किन्दा श्रीमती भने खुसी थिइनन् ।

बेलायतका बेन नामक व्यक्तिले लट्री टिकट किन्दै आएका थिए । तर यस पटक उनले टिकट किन्न बिर्से । उनकी ३२ वर्षीय श्रीमती बेक्काले श्रीमानले टिकट नकिनेको थाहा पाएपछि श्रीमानलाई नभनी पहिलो पटक लट्री टिकट किनिन् ।

बेक्काले किनेको टिकटले टु बिएचके फ्याल्टबाट सिधै उनीहरुलाई करौडौंको आलिशान महलमा पुर्‍यायो । बेक्का हालै छोरीकी आमा बनेका कारण काम छोडेकी थिइन् । यस्तोमा घर खर्च चलाउन कठिन भएपछि उनका श्रीमान् सपना पुरा गर्न टिकट किन्दै आएका थिए ।