फाइल फोटो

अन्तर्राष्ट्रिय

भारतमा २४ घण्टामा १० हजार कोरोना संक्रमित थपिँदा ११ हजार निको

By खबरहब

February 26, 2022

काठमाडौँ – भारतमा दैनिक थपिने कोरोना संक्रमितको संख्या दश हजारको हाराहारीमा झरेको छ।

पछिल्लो २४ घण्टामा १० हजार ३९९ जना संक्रमित थपिएका छन् भने ११ हजार ७७४ जना निको भएका छन् ।

यही अवधिमा २५४ जना संक्रमितको मृत्यु भएको छ। भारतमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ लाख १३ हजार ५१२ पुगेको छ।

हाल भारतमा सक्रिय संक्रमितको संख्या एक लाख ३२ हजारभन्दा तल झरेको छ।