फाइल फोटो

राजनीति

स्थानीय निर्वाचनका लागि ५१ दलले दिए निर्वाचन आयोगमा निवेदन

By खबरहब

February 26, 2022

काठमाडौँ – वैशाख ३० गतेका लागि घोषणा गरिएको स्थानीय तहको निर्वाचनमा सहभागिताका लागि ५१ राजनीतिक दलले निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

आयोगमा हालसम्म दर्ता भएका १०९ दल मध्य शुक्रबारसम्म ५१ दलले निवेदन दिएका आयोगका प्रवक्ता शालीग्राम पौडेलले जानकारी दिएका छन्।

नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लगायत राष्ट्रिय मान्यता प्राप्त पाँच दलले निवेदन दिइसकेका छन् । जनता समाजवादी पार्टीले भने हालसम्म निवेदन दिइसकेको छैन।

निर्वाचन प्रयोजनका लागि आयोगमा निवेदन दिएका दल दर्ता गर्न हुनुपर्ने व्यवस्था छ।