राजनीति

एमसीसीबारे संस्थागत निर्णय गर्न प्रचण्डलाई प्रधानमन्त्री देउवाको अल्टिमेटम

By खबरहब

February 26, 2022

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना (एमसीसी)बारे संस्थागत धारणा बनाउन नेकपा माओवादी केन्द्रलाई अल्टिमेटम दिएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाबीच हिजो (शुक्रबार) भएको भेटमा प्रधानमन्त्री देउवाले एमसीसीबारे संस्थागत धारणा बनाउन आग्रह गरेका हुन् ।

प्रधानमन्त्री देउवाले आज दिउँसो तीन बजेसम्ममा पार्टीको संस्थागत धारण सार्वजनिक गर्न प्रचण्डलाई अल्टिमेम पनि दिएका छन् ।

प्रधानमन्त्रीको अल्टिमेमपछि प्रचण्डले आजै पार्टीमा छलफल गरेर निर्णय लिने बताएका थिए ।