अन्तर्राष्ट्रिय

युक्रेनी राष्ट्रपतिले सडकमा उभिएर भने– म यहिँ छु, हतियार बिसाउने छैनौँ

By खबरहब

February 26, 2022

काठमाडौँ- युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सामाजिक सञ्जालमा आफ्नो सेल्फी भिडियो पोस्ट गरी सेनालाई आत्मसमर्पण गर्नका लागि आदेश दिएको भन्ने गलत सूचनाको खण्डन गरेका छन् ।

यस्तो हल्ला चलेपछि उनी राजधानी किभको सडकमा उभिएर एक भिडियो बनाएर ट्वीटरमा पोस्ट गरेका हुन् । उनले यसो गरेर युक्रेनी सेनालाई रुसी सैनिक सामु आत्मसमर्पण गर्न भनिएको भन्ने खबर गलत रहेको बताउने प्रयास गरेका हुन् ।

“म यहीँ छु। हामीले हतियार बिसाउने छैनौँ । हामी हाम्रो देशको रक्षा गर्ने छौँ ।’ उनले भनेका छन्।

Не вірте фейкам. pic.twitter.com/wiLqmCuz1p

— Володимир Зеленський (@ZelenskyyUa) February 26, 2022