अपराध

महोत्तरीमा फेला परेको बम सेनाद्वारा डिस्पोज

By खबरहब

February 26, 2022

जनकपुरधाम । महोत्तरीको मटिहानी नगरपालिका २ धिरापुरस्थित नगरपालिकाको कार्यालय र स्वास्थ्य चौकी नजिकै फेला परेको बम डिस्पोज गरिएको छ। नेपाली सेनाको रणभिम गणको टोलीले बम डिस्पोज गरेको महोत्तरी प्रहरीले जनाएको छ ।

प्रहरीले नेपाली सेनालाई बोलाएपछि बम नै रहेको पुष्टि भएको छ । सेनाको टोलीले उक्त बम डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

उक्त बस्तु कसले राखेको कुरा खुल्न नसेको र अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।