समाचार

भारतीय महावाणिज्य दूतावासद्वारा तेस्रो “ओपन हाउस फर कन्सुलर गुनासो” आयोजना

By खबरहब

February 26, 2022

काठमाडौँ- बीरगन्जमा रहेको भारतीय महावाणिज्य दूतावासद्वारा २६ फेब्रुअरी २०२२ मा वाणिज्य दूतावास परिसर भित्र तेस्रो “ओपन हाउस फर कन्सुलर गुनासो” आयोजना गरिएको छ । आजादीका अमृत महोत्सव मनाउने क्रममा सो कार्यक्रम आयोजना गरिएको हो। ओपन हाउसको अध्यक्षता कन्सुल जनरल नितेश कुमारले गरेका थिए।

कार्यक्रमको उद्देश्य नेपालमा बसोबास गर्दै आएका पीडित भारतीय नागरिकको नियमित गैरकानसुलर गुनासो सम्बोधन गर्नु रहेको थियो ।

त्यस्तै कार्यक्रममा हुलास स्टिल इण्डष्ट्रिज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत, महाप्रबन्धक तथा उपमहाप्रबनधक लगायत पर्सा र बारा जिल्लामा कार्यरत करिब २० जना भारतीयहरुको सहभागिता रहेको थियो र उनका गुनासाहरु सम्बोधन गरिएको थियो ।