राजनीति

कारबाहीमा परेका १४ सांसदलाई नहटाएसम्म सदन चल्न दिँदैनौँः बादल

By खबरहब

February 26, 2022

सुर्खेत– नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले पार्टीले कारबाही गरेको १४ सांसदलाई हटाएको सूचना टाँस नगरेसम्म संसद चल्न नदिने चेतावनी दिएका छन् ।

शनिबार नेकपा एमाले सुर्खेतले गरेको कर्णाली प्रदेशस्तरीय प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा उपाध्यक्ष थापाले यस्तो बताएका हुन् ।

देश र जनताका लागि राम्रो काम गरेकै कारण एमाले एकातर्फ र अरु सबै दल अर्काेतर्फ ध्रुवीकृत भएको पनि उपाध्यक्ष थापाले दावी गरे ।

एमालेलाई विगतको एकीकृत पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कै निरन्तरताको पार्टी बुझ्नुपर्ने उनको भनाइ छ ।

केन्द्रीय स्कूल विभाग, निर्वाचन विभाग र स्थानीय तह विभागको आयोजना तथा कर्णाली प्रदेश कमिटीको व्यवस्थापनमा आउँदो निर्वाचनलाई लक्षित गरी आयोजित प्रशिक्षणमा दुई सय १५ जनाभन्दा बढीको सहभागिता छ ।