मनोरञ्जन

सोधपुछका लागि चलचित्र निर्देशक थापा प्रहरीको नियन्त्रणमा

By खबरहब

February 26, 2022

काठमाडौँ– चलचित्र निर्देशक तथा निर्माता सुदर्शन थापालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँको बानेश्वर प्रहरी वृत्तले निर्देशक थापालाई सोधपुछका लागि नियन्त्रणमा लिएको जनाएको छ ।

उनी पल शाह अभिनित चलचित्र ‘म यस्तो गीत गाउँछु २’ का निर्देशक तथा निर्माता हुन् ।

त्यस्तै, अभिनेत्री तथा निर्माता पूजा शर्मालाई पनि नियन्त्रणमा लिने प्रहरीले तयारी गरेको छ ।

अभिनेता पलविरुद्ध बुधबार जबरजस्ती करणीसम्बन्धी उजुरी परेको थियो ।

यही उजुरीमाथि छानबिनका क्रममा थापालाई नियन्त्रणमा लिइएको हो ।