अन्तर्राष्ट्रिय

युक्रेनको राजधानी किभमा रुसी सैनिक पसे, युद्ध झन् चर्किँदै

By खबरहब

February 26, 2022

एजेन्सी– रुसले युक्रेनको राजधानी किभ नै कब्जा गर्न खाजेको छ ।

आज तेश्रो दिन पनि विभिन्न स्थानमा रुसी र युक्रेनी सैनिकबीच भिडन्त जारी छ ।

तेश्रो दिनमै रुसले राजधानी कब्जा गर्न किभका चारैतिरबाट सैनिक पठाएको छ ।

राजधानीमै सैनिक पठाएपछि दुई देशका सेनाबीच भीषण लडाईँ चलिरहेको छ ।

किभको सडकमा भीषण युद्ध चलिरहेको दृश्य अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले देखाइरहेका छन् ।

यसैबीच, युक्रेन सरकारले हजारौँ सर्वसाधारणलाई समेत हतियार बाँडेर लड्न आह्वान गरेको छ ।

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफूहरू पछाडि नहट्ने बरु लड्ने स्पष्ट पारेका छन् ।