फाइल फोटो

समाचार

काठमाडौँ उपत्यकामा थपिए २७ जना कोरोना संक्रमित

By खबरहब

February 26, 2022

काठमाडौँ- पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २०, भक्तपुरमा १ र ललितपुरमा ६ जना संक्रमित थपिएका हुन्।

देशभर पछिल्लो २४ घण्टामा थप १५५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ भने थप दुई जनाले ज्यान गुमाएका छन् ।