अन्तर्राष्ट्रिय

रुसी सैनिक आक्रमणविरुद्ध ८० वर्षे वृद्ध सैनिकमा भर्ना हुन लाइनमा, युक्रेनी नागरिक हतियार बोकेर सडकमा

By खबरहब

February 26, 2022

काठमाडौं- रुसी सैनिक राजधानी किभ प्रवेश गरेसंगै युक्रेनका नागरिकहरु रुसी सेनाबिरुद्ध लड्न हतियारसहित सडकमा तैनाथ भएका छन्। रुससँग आत्मसमर्पण नगर्ने भन्दै एक युक्रेनी वृद्ध सैनिकमा भर्ना हुन लाइनमा उभिएका तस्वीर संसारभर भाइरल बनेको छ।

सार्वजनिक तस्बिरमा आफ्नो देश जोगाउँन लड्न आएका वृद्धले एक झोला बोकेर आएका थिए, झोलामा २ वटा टी शर्ट, एउटा प्यान्ट, टूथब्रश र खाजाको लागि केही स्यान्डविच बोकेका छन्। उनले आफ्ना नातिनातिनाहरूको लागि युद्ध लड्नुपर्ने भनी दिएको सन्देशको सामाजिक सञ्जालमा निकै प्रशंसा गर्दै उनको देशभक्ति र बहादुरीको कदर गरिएको छ।

रुसी आक्रमण रोक्न सरकारले सबै सर्बसाधरणलाई हतियार बाँडेपछि स्वयंसेवकका रुपमा अब नागरिक बन्दुक बोकर रुसी सैनिकबिरुद्ध सडकमा आएका हुन। रुसले युक्रेनमा आक्रमण गरेको तेस्रो दिन राजधानी किभमा भिडन्त जारी रहँदा किभका सडकमा राष्ट्रपति, पूर्व राष्ट्रपति देखि आधुनिक हतियार बोकेका स्वयंसेवकहरु सडकमा ओर्लेका छन्।

फ्रान्सेली समाचार संस्था एफपीका अनुसार युक्रेनको रक्षा गर्ने वाचा सहित हजारौं मानिसहरु हतियारसहित किभको सडकमा आएका हुन् ।