फाइल तस्बिर

राजनीति

एमसीसीको विषयमा जसपा अझै एकमत हुन सकेन

By खबरहब

February 26, 2022

काठमाडौँ– एमसीसीको विषयमा सत्ताधारी दल जनता समाजवादी पार्टी अझै एकमत बन्न सकेको छैन ।

एमसीसीको विषयमा अनिर्णित रहेको जसपाको शनिबार बसेको बैठकले कुनै निर्णय गर्न सकेन ।

जसपाको केन्द्रीय कार्यकारी समितिको बैठकले निश्कर्ष बिनै सकिएको हो । बैठक आइतबार पनि बस्नेछ ।

आइतबार बैठक बस्नुअघि शीर्ष तीन नेताहरू अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र नेता अशोक राईबीच छलफल हुने बताइएको छ ।

शनिबारको बैठकमा यादवले एकलौटी पार्टी सञ्चालन गरेको, संगठन सुस्त बनाएको, एमसीसीमा मौन बसेको भन्दै डा. भट्टराई पक्षले चर्काे आलोचना गरेको थियो ।

डा. भट्टराई एमसीसी संसद्बाट अनुमोदन हुनुपर्ने पक्षमा छन् । उता यादव भने एमसीसीका विषयमा मौन छन् ।