खेलकुद

आइभरी कोस्टमाथि फ्रान्सको जित

By खबरहब

March 26, 2022

काठमाडौँ – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा फ्रान्सले आइभरी कोस्टलाई २-१ गोल अन्तरले पराजित गरेको छ ।

शुक्रबार राति भएको खेलमा फ्रान्सले एक गोलको अग्रता उल्टाएर आइभरी कोस्टलाई हराएको हो ।

खेलको १९ औं मिनेटमा निकोलस पेपेले गरेको गोल फ्रान्सका ओलिभर जिरुडले २२ औं मिनेटमा फर्काएर बराबरीमा पुर्‍याए ।

इन्जुरी समयमा ओरेलिन चुमेनीले गोल गरेपछि फ्रान्स २-१ ले विजयी भएको हो ।