खेलकुद

सेनेगलको आत्मघाती गोलमा इजिप्टको जित

By खबरहब

March 26, 2022

काठमाडौँ -विश्वकप छनोट अन्तर्गत प्ले अफको पहिलो लेगमा इजिप्टले अफ्रिकन च्याम्पियन सेनेगललाई १-० ले हराएको छ ।

शुक्रबार राति कायरोमा भएको खेलमा सेनेगलको आत्मघाती गोलमा इजिप्टले जित निकालेको हो ।

खेलको चौंथो मिनेटमा सालिउ सीसले गरेको आत्मघाती गोल नै निर्णायक बनेको हो।

दुई टोलीबीचको दोस्रो लेग आगामी मंगलबार हुनेछ ।