फाइल फोटो

खेलकुद

नेपाल दुई खेलको शृंखला बराबरी गर्ने लक्ष्यमा

By खबरहब

March 26, 2022

काठमाडौँ – पपुवा न्यु गिनी (पिएनजी)विरुद्ध दोस्रो एक दिवसीय खेलमा मैदान उत्रदाँ नेपाल जितसहित दुई खेलको शृंखला बराबरी गर्ने लक्ष्यमा हुनेछ ।

शुक्रबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सम्पन्न पहिलो एक दिवसीय खेलमा नेपाल पिएनजीविरुद्ध ६ रनले पराजित भएको थियो ।

पिएनजीले प्रस्तुत गरेको २९३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २८६ मात्र बनाउन सक्यो ।

मध्यक्रमका ब्याटर रोहित पौडेलले १२६ रनसहित टोलीलाई जितनजिक पुर्‍याए पनि नेपालले सुखद नतिजा भने ल्याउन सकेन ।

हालै युएईमा सम्पन्न आइसीसी क्रिकेट विश्वकप लिग २ मा नेपालले युएईसँग दुवै खेल गुमाएको थियो भने पिएनजीलाई दुवै खेलमा हराएको थियो ।

सो भ्रमणमा देखिएको शीर्ष ब्याटर नटिक्ने समस्याले शुक्रबार पिएनजीविरुद्ध पनि निरन्तरता पाएको थियो। आज दोस्रो खेलमा पिएनजीको सामना गर्दा नेपाल शीर्ष क्रमका ब्याटर चलेको हेर्न चाहन्छ ।

यो शृंखला लगत्तै नेपालले पिएनजी र मलेसिया सम्मेलित त्रिकोणात्मक ट्वान्टी २० खेलको शृंखला आयोजना आयोजना गर्दैछ।