समाचार

सर्वोच्चको न्यायाधीशमा प्रस्तावित श्रेष्ठविरुद्ध परेन सुनवाइ समितिमा उजुरी 

By खबरहब

March 26, 2022

काठमाडौँ – संसदीय सुनवाइ समितिमा सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित तीलप्रसाद श्रेष्ठविरुद्ध कुनै पनि उजुरी परेको छैन ।

गत बिहीबारसम्मको समयसीमा तोकेर संसदीय सुनवाइ समितिले उजुरी आह्वान गरे पनि कुनै उजुरी नपरेको समितिका सभापति लक्ष्मणलाल कर्णले बताए ।

‘अरुको सिफारिसहरूमा उजुरी नपरेको रेकर्ड त छ तर सर्वोच्चको न्यायाधीशको हकमा कुनै उजुरी नपरेको पहिलो न्यायाधीशको रेकर्ड भने श्रेष्ठजीले कायम गर्नु भएको छ,’ सभापति कर्णले भने ।

उनका अनुसार मंगलबार बस्ने सुनवाइ समितिको बैठकले श्रेष्ठलाई सर्वोच्च अदालतको न्यायाधीशका लागि लागि अनुमोदन गर्नेछ ।