प्रतिकात्मक तस्वीर- २ओशन्सभाइब

अन्तर्राष्ट्रिय

महिला यात्रुले बीच आकासमै बबाल गरेपछि प्लेन डाइभर्ट

By खबरहब

March 26, 2022

काठमाडौं- बेलायतको म्यानचेस्टर शहरबाट टर्कीका लागि उडेको एउटा विमानमा एकजना महिला यात्रुले होहल्ला गरेपछि बीच आकाशबाटै डाइर्भट गरेर अस्ट्रियाको राजधानी भियना पुर्‍याइएको छ । ती महिला यात्रुले चालक दलका सदस्यसँग झगडा गरेको र अन्य यात्रुलाई पनि हातपात गरेको बेलायती पत्रिकाले जनाएको छ ।

म्यानचेस्टर इभिनिङ न्युजका अनुसार ती महिलाले बेलायती विमान जेट २ मा बच्चाहरु रोएको गुनासो गरेकी थिइन् । तर, उनी चाँडै कर्मचारीप्रति आक्रामक भइन् । उनलाई शान्त पार्ने सबै प्रयासहरू बिफल भएपछि चालक दलले उनलाई झार्न भियनातर्फ उडान डाइभर्ट गर्नुपरेको थियो ।

एक प्रत्यक्षदर्शीले म्यानचेस्टर इभिनिङ न्युजलाई बताएअनुसार ती महिला उडानमा लगभग एक घण्टा २० मिनेट बाधक बनेकी थिइन । ‘त्यहाँ धेरै कोलाहल थियो,’ यात्रुले भने, ‘त्यसपछि उनी विमानको अगाडि पुगिन । उनी वास्तवमै कर्मचारीप्रति क्रुद्ध थिइन । कसैले उनको रिस शान्त पार्न सकेनन् ।’

महिलाको व्यवाहारलाई लिएर एयरलाइनले क्षमायाचना मागेको छ ।