समाचार

प्रचण्डद्वारा दुई दिनमा दुई प्रशासनिक भवन उद्घाटन

By खबरहब

March 26, 2022

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई दिनमा दुई वटा प्रशासनिक भवनको उद्घाटन गरेका छन् ।

चितवनको भरतपुर महानगरपालिकाको प्रशासनिक भवन उद्घाटन गरेको भोलिपल्टै अध्यक्ष प्रचण्डले गोरखामा शनिबार अर्को प्रशासनिक भवन उद्घाटन गरेका हुन् ।

चितवनवाट गोरखा पुगेका अध्यक्ष प्रचण्डले बारपाक सुलीकोट गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गरेको दाहालको सचिवालयले जानकारी दिएको छ ।