फाइल तस्वीर

क्रिकेट

सन्दीप सबैभन्दा छिटो ५० विकेट लिने विश्वकै दोश्रो खेलाडी

By खबरहब

March 26, 2022

काठमाडौँ– नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने एक दिवसीय अन्तर्राष्ट्रिय ओडीआईमा सबैभन्दा छिटो ५० विकेट लिने विश्वकै दोश्रो खेलाडी बनेका छन् ।

काठमाडौँको त्रिवि मैदानमा जारी खेलमा पपुवा न्युगिनीविरुद्ध १२ औँ ओभर १ बलमा उनले चाल्र्स अमिनीको विकेट लिँदै ५० विकेट पूरा गरेका हुन् । उनले जम्मा २२ खेलमा ५० विकेट पूरा गरेका हुन् ।

सर्वाधिक छिटो ५० विकेट लिने कीर्तिमान भने श्रीलंकाका अजन्था मेन्डिसको नाममा रहेको छ ।  उनले जम्मा १९ खेलमा ५० विकेट लिएका थिए ।