पछिल्लो २४ घण्टामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि

By खबरहब

March 26, 2022

काठमाडौँ– पछिल्लो २४ घण्टामा नेपालमा थप ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा एन्टिजेन र पीसीआरबाट देशभर २ हजार ३४२ नमुनाको परीक्षण हुँदा ८ जनामा संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा १ हजार ६९६ जनाको पीसीआर र ९५९ जनाको एन्टिजेन परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।

पीसीआर परीक्षणमा नयाँ संक्रमितहरू देखिएका हुन् । एन्टीजेनमा सबै रिपोर्ट नेगेटिभ आएको मन्त्रालयले जनाएको छ ।

यस अवधिमा कसैको मृत्यु भएको छैन । कोरोना संक्रमणबाट हालसम्म देशभर मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ ।