फाइल फोटो

खेलकुद

पीएनजीसँगको दोश्रो खेलमा पनि नेपाल पराजित

By खबरहब

March 26, 2022

काठमाडौँ– नेपाल दोश्रो खेलमा पनि पपुवा न्यूगिनी (पीएनजी) सँग पराजित भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पपुवा न्युगिनीसँग नेपाल ३ विकेटले पराजित भएका हो ।

टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ८ विकेटको क्षतिमा २७८ रन बनाएको थियो ।

पीएनजीले नेपालले दिएको २७९ रनको लक्ष्य ४८.४ ओभर खेल्दै ७ विकेटको क्षतिमा भेटायो ।

शुक्रबार पनि नेपाल पीएनजीसँग ६ रनले पराजित भएको थियो ।