तस्वीर: उज्यालो अभियान 

मनोरञ्जन

किन नेपाल आए राजपाल यादव ?

By खबरहब

March 26, 2022

सर्लाही– चर्चित भारतीय अभिनेता राजपाल यादव नेपाल आइपुगेका छन् । बलिउडका फिल्महरूमा हाँस्य कलाकारका रूपमा देखा पर्ने अभिनेता यादव शनिबार सर्लाही सदरमुकाम मलंगवा आइपुगेका हुन् ।

गोपाल सेवा समितिको नवौँ राष्ट्रिय महाधिवेशनमा प्रमुख अतिथिको रूपमा सहभागी हुन यादव मलंगवा आएका छन् ।

मलंगवा नगरपालिका वडा नं. २ स्थित कभर्ड हलमा आयोजित महाधिवेशन उद्घाटन समारोहमा उनी सहभागिताका लागि आइपुगेका हुन् ।

पर्दा देखिरहेका कलाकार यादवलाई अगाडि भेटेपछि स्थानीयदेखि अधिवेशनमा सहभागी हुन् आएकाहरू पनि सेल्फी लिन र तस्बिर खिचाउन व्यस्त थिए । पछिल्लो समय बलिउडका फिल्महरूमै कम उपस्थिति देखिने यादवले नेपाली फिल्ममा समेत अभिनय गरेका छन् ।

कुनै समय प्रियादर्शन र डेविड धवनको एकपछि अर्को फिल्ममा कमेडी क्यारेक्टरमार्फत् दर्शकको मन जित्ने गरेका राजपाल पछिल्लो समय भुत पुलिस नामक फिल्ममा देखिएका थिए ।

उद्घाटन समारोह साँझ अबेरसम्म चल्ने र राति अबेर हुने बन्दसत्रमार्फत् गोपाल सेवा समितिको केन्द्रीय नेतृत्व चयन गर्ने सर्लाहीको पत्रिका उज्यालो अभियान दैनिकका अध्यक्ष टंक क्षेत्रीले बताए । अभिनेता यादव आजै भारत फर्किनेसमेत उनले जानकारी दिए ।