सांकेतिक तस्वीर

अन्तर्राष्ट्रिय

इथियोपिया चिनियाँ नागरिकलाई ९ वर्षको जेल सजाय

By खबरहब

March 26, 2022

काठमाडौं– प्रतिबन्धित सञ्चार उपकरण तस्करी गर्ने एक चिनियाँ नागरिकलाई इथियोपियामा ९ वर्षको जेल सजाय सुनाइएको छ ।

ली नायोङ नाम गरेका चिनियाँ नागरिकलाई गत वर्ष इथियोपियाको बोले अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको सुडान पोष्टले जनाएको छ ।

उनको साथबाट २ ८–सीम र १६–सीम कार्ड बरामद गरिएको जनाइएको छ ।

उनलाई त्यहाँको सञ्चार ऐजको दफा ३ (१) अनुसार जेल चलान गरिएको इथियोपियाको न्याय मन्त्रालयले जनाएको छ ।

न्याय मन्त्रालयका अनुसार उनलाई कानूनी उपचार खोज्ने विकल्प पनि दिइएको तर उनले त्यसलाई अस्वीकार गरेको जनाएको छ ।