राजनीति

हरियो मतपत्रबाट तर्सिनेहरू निर्वाचनको परिणामबाट तर्सिने छन्ः महामन्त्री शर्मा

By खबरहब

March 26, 2022

काठमाडौँ– नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले हरियो रंगको मतपत्रबाट तर्सिनेहरू निर्वाचनको परिणामबाट पनि तर्सिने टिप्पणी गरेका छन् ।

शनिबार काठमाडौँमा भएको कार्यक्रममा महामन्त्री शर्माले आफूलाई बलियो भन्ने नेकपा एमाले मतपत्रको रंगबाट तर्सिएको भन्दै अब निर्वाचनको परिणामबाट पनि तर्सिने अवस्था आउने दाबी गरेका हुन् ।

महामन्त्री शर्माले केपी ओली नेतृत्वको सरकारले गरेको विकासलाई ‘डायनासोर विकास’ को संज्ञा दिए ।

ठूलो विकासको कुरा गरेर काम नगर्ने पार्टी एमाले भएको उनको आरोप छ ।

उनले आगामी निर्वाचनमा तालमेल गर्ने अधिकार मातहतका समितिलाई दिनुपर्ने र यस विषयमा केन्द्रीय कमिटीले आवश्यक निर्णय गर्ने बताए ।

शर्माले आगामी निर्वाचनमा काँग्रेस सही विचार र दृष्टिकोणसहित जनतामा जाने भन्दै देशको ठूलो र बहुमतको पार्टी बन्ने दाबीसमेत गरेका थिए ।