आर्थिक

चुनावको भोलिपल्ट पेट्रोलियम पदार्थको भाउ बढाइयो : ओली

By खबरहब

May 26, 2022

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी ओलीले निर्वाचनपछि पेट्रोलियम पदार्थको भाउ बढाएको भन्दै सरकारको आलोचना गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि सुझाव राख्दै ओलीले स्थानीय तहको निर्वाचन सकिएको भोलिपल्ट लिटरमा एकै पटक १० रुपैयाँ बढाएको र त्यसको एक सातामा पुनः १० रुपैयाँ बढाएर जनताको ढाड सेकेको भन्दै विरोध जनाएका हुन् ।

नेपाल आयल निगमले पछिल्लो पटक खाना पकाउने ग्यास प्रतिसिलिन्डर २०० रुपैयाँ र पेट्रोल/डिजेलमा एक सातामा लिटरमा २० रुपैयाँ बढाएको छ।