मनोरञ्जन

हलमा फ्लप भएपछि ओटीटीमा आउँदै ‘हिरोपन्ती २’

By खबरहब

May 26, 2022

काठमाडौँ– साजिद नाडियाडवालाको फिल्म  ‘हिरोपन्ती २’ हलमा सफल हुन् सकेन । फिल्ममा टाइगर श्राफ, तारा सुतारिया र नवाजुद्दीन सिद्द्की लगायतको अभिनय रहेता पनि यसले दर्शकको साथ पाएन ।

टाइगरलाई कालो रंगको पेन्ट–सुट र रातो टाईमा एक्सन गर्दै गरेको देखिएता पनि त्यसलाई दर्शकले इञ्जोय गरेनन् । ‘हिरोपन्ती २’ टाइगरको डेब्यू फिल्म ‘हिरोपन्ती’ को सिक्वेल हो । पहिलो फिल्मले नै टाइगरको करियरलाई उचाइमा पुर्‍याएको थियो । यद्यपि सिक्वेलले ‘फ्लप’को ट्याग पायो । 

हलमा फ्लप भएपछि फिल्म ओटीटी प्लेटफर्म प्राइम अमेजन भिडियोमा रिलिज हुने भएको छ । फिल्मलाई दर्शकले आउँदो मे २७ बाट हेर्न पाउनेछन् । निर्देशक अहमद खान निर्देशित फिल्मलाई लिएर दर्शक उत्साहित छैनन् ।