मनोरञ्जन

२० हजार करोडको घोटालामा ‘स्क्याम : २००३’ बन्दै 

By खबरहब

May 26, 2022

काठमाडौँ– कोरोना भाइरसको महामारीका कारण भएको लकडाउनमा ओटीटीमा दर्शक बढे । घरमै रहनु पर्ने बाध्यता भएकाले मनोरञ्जनको लागि ओटीटीका विभिन्न प्रदायकहरू दर्शकको रोजाइमा परे ।

नेटफ्लिक्स, डिज्नी प्लस हटस्टार, अमेजन प्राइम जस्ता प्लेटफर्मले बढ्दो दर्शकलाई देखेर कन्टेनमा समेत उत्तिकै लगानी गरे । त्यसैकारण दर्शक माझ यी प्लेटफर्महरु लोकप्रिय भए । 

हलमा आउन तयार फिल्मलाई ओटीटीमा ल्याइयो । यसले गर्दा पनि दर्शक माझ प्रतीक्षा त हुने नै भयो । यसैक्रममा भारतलाई नै टार्गेट गरिएको ओटीटी सोनी लिभमा ‘स्क्याम स् २००३’ आयो । सोनी टेलिभिजनका शोहरु सहित केही फिल्म रहेको सोनी लिभमा आएको यो शो ले राम्रो दर्शक पायो । सिरिज हेरेका आधिकांशले एकले अर्कालाई रिफर गर्न थाले । 

लकडाउनको समयमा आइपिओ र शेयर बजारमा घरमै रहेर लगानी गरिरहेकालाई सिरिज उपयोगी बन्यो । फलत: सोनी लिभलाई नै फाइदा पुग्यो । यिनै हंसल मेहताले नयाँ सिरिज घोषणा गरेका छन् । यो सिरिज सन् २००३ मा खुलासा भएको स्ट्याम्प पेपर स्क्यामलाई आधारित छ । त्यो समयमा अब्दुल करिम तेलगीले २० हजार करोडको घोटाला गरेका थिए । 

पत्रकार संजय सिंहद्वारा लिखित पुस्तक ‘रिपोर्टर की डायरी’ मा आधारित रहेर सिरिज तयार भइरहेको छ । यद्यपि सिरिजलाई हंसलले नभई तुषार हिरानंदानीले निर्देशन गरेका छन् । सिरिजको एनाउन्समेन्ट टिजर सार्वजनिक गर्दै निर्माण पक्षले जानकारी दिएको छ । यसमा तेलगीको भूमिकालाई गगन देव रियारले गरेका छन् ।