मनोरञ्जन

रामकृष्णको ‘म हराएँ मनमनैमा’ सार्वजनिक (भिडियो)

By खबरहब

May 26, 2022

काठमाडौँ– गायक रामकृष्ण ढकालको आवाजमा रहेको ‘म हराएँ मनमनैमा’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । बिहीबार एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको रोमान्टिक थिमको गीतमा सन्तोष भट्टराईको शब्द रचना र हरी लम्सालको संगीत रहेको छ । पर्यटकीय क्षेत्र मुस्ताङमा छायांकन भएको गीतको भिडियोमा गरिमा शर्मा र दिपेश ढकाल प्रस्तुत छन् ।

रामकृष्ण ढकालको गीतमा गरिमा शर्मासँग स्क्रिन शेयर गर्न पाउँदा मोडल ढकालले खुशी व्यक्त गरे । गायक ढकालले नयाँ-नयाँ प्रतिभावान् कलाकारहरु माझ आफ्नो गीतमा काम गर्नु आफैमा सुखद रहेको बताए । भिडियोका निर्देशक सुब्रत आचार्य हुन् । मोडल गरिमाले आफ्नो बाल्यकालदेखिको मनपर्ने गायकको गीतमा अभिनय गर्न पाउनु आफ्नो सौभाग्य रहेको बताइन् ।

गायक ढकालले भने आफूले आफ्ना गीतहरु दोहोर्‍याएर कमै सुन्ने गरेको भए पनि ‘म हराएँ मनमनैमा’ गीत धेरै पटक सुनिसकेको बताए । गीतको शब्द र संगीतले मन छोएको बताउँदै उनले भिडियो पनि सुन्दर बनेको प्रतिक्रिया दिए । भिडियोमा साइब्रत आचार्यको स्टोरी बोर्ड, विकास दाहालको सम्पादन, उत्सव दाहालको छायांकन रहेको छ । गीतको क्रियटिभ हेड जया शर्मा हुन् ।

यो गीतसँगै निर्देशक आचार्यले मुस्ताङमा गायक ढकालको आवाजमा रहेको अन्य दुई गीत ‘काली’ र ‘सयौं कारण’को पनि छायांकन गरेका छन् ।