तस्वीर- रोयटर्स

अन्तर्राष्ट्रिय

औषधि र स्वास्थ्य उपकरण किन्ने विदेशी मुद्रा नहुँदा लेबनानका अस्पतालहरू बन्द हुने जोखिममा

By खबरहब

May 26, 2022

काठमाडौं– मध्यपूर्वी मुलुक लेबनानको निजी अस्पतालहरू उपकरण र औषधीहरू किन्न विदेशी मुद्राको अभाव भएका कारण बन्द हुने खतराको सामना गरिरहेका लेबनानी सञ्चार माध्यमहरूले जनाएका छन् ।

अहिले बैंकहरूले नगद निकासीमा प्रतिबन्ध लगाएको बेला अस्पतालहरूले आवश्यक उपकरण तथा सामग्रीहरू किन्न अमेरिकी डलर कोष सुरक्षित गर्न असमर्थ रहेका छन्, निजी अस्पतालहरूको समूहका प्रमुख सुलेमान हारूनले भने ।

लेबनानको केन्द्रीय बैंक नजिकै अस्पतालका प्रतिनिधिहरूले गरेको विरोध सभामा बोल्दै हारुनले तरलता अभावका कारण अस्पतालले आफ्ना श्रमिकको अधिकार सुरक्षित गर्न नसकेको पनि उल्लेख गरे । 

उनले लेबनानको केन्द्रीय बैंक ‘सेन्ट्रल बैंक अफ लेबनान’ लाई स्वास्थ्य क्षेत्रलाई आउनै लागेको सङ्कटबाट बचाउन बैंकहरूमा अस्पतालको कोष जारी गर्न आग्रह समेत गरे ।

लेबनानमा चलिरहेको अभूतपूर्व आर्थिक सङ्कटले गर्दा केन्द्रीय बैंकले अमेरिकी डलर निकासीमा व्यापक नियन्त्रण गर्न बाध्य भएको छ र यसले व्यापार तथा व्यक्ति विशेष दुबैलाई बृहत् प्रभाव पारेको बताइएको छ ।