सांकेतिक तस्बिर

देश/प्रदेश

उदयपुरमा तीन दिनदेखि बेपत्ता युवक मृत फेला

By खबरहब

May 26, 2022

उदयपुर– जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार उदयपुरमा ३ दिन बाट बेपत्ता युवकको शव फेला परेको छ । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १२  का २८ वर्षीय मनोज सदाको शव भेटिएको हो । 

उनी ३ दिन देखि घरबाट बेपत्ता भएको र खोजतलास गर्ने क्रममा बिहीबार ११ बजेतिर सनुवाखोला निमुवा दोभानमा सदा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । 

प्रहरीले लास फेला परेको भन्ने सूचना प्राप्त अनुसार तत्काल घटना स्थलमा पुगी अनुसन्धान गरी कानुनी पुरा गरी लास पोस्टमार्टमको लागि जिल्ला अस्पताल गाईघाट उदयपुरमा राखिएको छ ।