समाचार

गुल्मीको मदानेमा सुत्केरीलाई एम्बुलेन्स र २० युनिटसम्म विद्युत महसुल नि:शुल्क

By खबरहब

May 26, 2022

काठमाडौं– गुल्मीको मदाने गाउँपालिकाको पहिलो कार्यपालिका बैठकले मदाने गाउँपालिकाका स्थानीयलाई २० युनिटसम्मको विद्युत महसुल निःशुल्क गर्ने निर्णय गरेको छ ।

कार्यपालिकाको पहिलो बैठकले २० युनिटसम्मको विद्युत महसुल निःशुल्क गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष महेन्द्र कुँवरले जानकारी दिए ।

यस्तै बैठकले सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने समेत निर्णण गरेको छ । गाउँपालिका अध्यक्ष महेन्द्र कुँवरले भने, ‘हाम्रो पहिलो बैठकले मदानेवासीलाई राहत हुने यी दुई निर्णय गरेको छ, अझै हामीले धेरै गर्नुपर्ने छ ।’

हालै भएको स्थानीय तहको निर्वाचनमा मदाने गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका महेन्द्र कुँवर विजयी भएका थिए भने उपाध्यक्षमा नेकपा एमालेकी सरिता खड्का निर्वाचित भएकी थिइन् ।