गर्मी महिनासँगै वर्षायाम पनि सुरु भएको छ । अब वर्षायाममा विभिन्न खालका समस्या देखिने गरेको छन् । अहिलेको समयमा विशेषत झाडापखाला धेरै लाग्ने गरेको छ । पेट दुख्ने, पातलो दिसा लाग्ने, डिहाइड्रेसन हुने समस्या बढिरहेका छन् । साथै मौसमी रुघाखोकी, ग्याष्ट्रिटाइटिसका बिरामी पनि बढेका छन् ।
हैजा फैलिने सम्भावना अहिलेसम्म २४ जनामा कलेरा भाइरस पुष्टि भइसकेको भनिएको छ । टेकुमा टेस्ट गर्दा कलेरा पुष्टि भएको थियो । यो रोग संक्रामक भएकाले पनि धेरै जोखिमपूर्ण मानिएको छ । काठमाडौँ जस्तो धेरै जनसंख्या भएको ठाउँ र प्रदूषित पानी हुनाले फैलिने सम्भावना धेरै रहेको छ ।
यो फैलिने भनेकै दुषित पानी र खानाकै कारणले हो । हामीले धारामा आउने पानीको स्रोत फोहोर छ भने धेरै मानिसमा एकैपटक संक्रमण देखिने गर्छ ।
एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने माध्यम यो रोग खानेकुरा र दिसाको माध्यमबाट सर्ने हुन्छ । अहिले हामीले देखेका बिरामी वाग बजारका रहेका छन् । वाग बजारको पानी जाँच गर्दा इकोलाई र कोलिफर्म ब्याक्टेरीया देखिएको छ ।
इकोलाई पिसाब र दिसामा संक्रमण गर्ने किटाणु हो । तर, कोलिफर्म खासै रोग उत्पन्न गराउने किटाणु भने होइन । यी दुई किटाणु देखिएका ठाउँमा कलेराको किटाणु हुने सम्भावना भएकाले धारामा आउने पानीको स्रोत परीक्षण गरेर सर्तक रहनुपर्छ ।
रेष्टेुरेन्टमा जाँदा खानेकुरामा हामीले आइस युज गर्छौ । पानी फोहोर छ भने यसबाट पनि सर्ने गर्छ । विभिन्न काँचो खानेकुरा, फलफुल हामीले पानीले पखालेर खाँदा पानी दूषित छ भने रोग फैलिने सम्भावना बढी हुन्छ ।
पानी तथा खानाको कारणले सर्ने अन्य रोग
अहिलेको समयमा पानी तथा खानाको कारणले इन्फेक्सन हुनेगर्छ । पिसाब र दिसाको इन्फेक्सन मुख्य रहेको छ । खराब पानी र फोहोरबाट सर्ने रोग यही नै हो ।
फोहोर पानी तथा खानाको कारणले हेपाटाइटिस ए पनि हुने गर्छ । लिभरको समस्या, बान्ता हुने, कमजोर हुने, ग्यासट्राइटिस हुने गर्छ । ग्याष्ट्राइटिसका बिरामी यो सिजनमा धेरै देखिने गरेका छन् ।
जारको पानी उमालेरै खानुपर्छ जारको पानी उमालेर खानु राम्रो हुन्छ । हामी डाक्टरले त सबैलाई जनचेतना गराउने हो । जार धेरै प्रकारका छन् । यसमा पनि कुनको गुणस्तर राम्रो छ । कतिपय अवस्था जारको पानी र घरको पानीको तुलना गर्दा इकोलाई र कोलिफर्म ब्याक्टेरिया भेटिएको छ ।
जारको पानी उमालेर या तामाको भाडामा फिल्टर गरेर खान सकिन्छ । जारको पानी खाँदा हामीले अलि विचार पुर्याउनुपर्छ ।
कस्तो व्यक्तिलाई संक्रमण बढी ? कुनै पनि संक्रामक रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिमा बढी हुनेगर्छ । उमेर धेरै भएका व्यक्ति, डाइबिटिज भएका, रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति साधारण रोगबाट पनि ग्रसित हुने गरेका छन् ।
कसैलाई रुघाखोकी लागेर पनि धेरै ग्रसित हुने गर्छन् । कसैले डाइटिङ धेरै गर्छ भने त्यस्तो व्यक्तिमा पनि इम्युनिटि कम हुने गर्छ । कुनै रोग लागेर लामो समय औषधि खाएको व्यक्तिमा पनि इम्युनिटि कम हुने गर्छ । यस्ता व्यक्तिमा संक्रमण छिटो सर्छ ।
भाडापखालाको समयमै उपचार गर्नुपर्छ भाडापखाला विभिन्न प्रकारको हुन्छ । यसमध्ये भाइरल डायरिया आफैं निको हुन्छ । यसलाई कुनै औषधि नखाई जीवनजल मात्र खाएर केही दिनमा निको हुन्छ ।
व्याक्टेरीयल डायरिया किटाणुबाट निको हुन्छ । यसको लक्षण आउँ पर्ने, ज्वरो आउने हुन्छ । कोही घरमै बस्नु भएको छ । पातलो दिशा मात्रै लागेको छ । आउँ परेको जस्तो पनि छैन ।
ज्वरो पनि आएको छैन भने घरमै बसेर जीवनजल खाएर निको हुन्छ । कसैलाई डायरिया धेरै भएको छ । कमजोर महसुश भएको, ज्वरो, बान्ता आउन लागेको जस्तो भएको छ भने अस्पताल जान सुझाव दिन्छौँ ।
हस्पिटल आएपछि सुरुमा कलेराको जाँच गर्दैनौँ। कलेरा भएको व्यक्तिमा निरन्तर बान्ता हुने, डाइरिया हुने चौलानी पानी जस्तो पखाला हुने भयो भने तुरुन्तै हस्पिटल गएर कलेराको जाचँ गर्नुपर्छ ।
बिरामी भन्दा लक्षण देखिएपछि उपचार गर्नुपर्छ हामीले जहिले पनि बिरामीको लक्षणको उपचार गर्नुपर्छ । लक्षण मिल्दोजुल्दो बिरामीलाई सबै टेस्ट गर्ने हो ।
हामीले कलेराको टेस्टमा स्टुल टेस्ट गर्ने हो । कलेराको टेस्ट गर्ने ठाउँ धेरै छैन । सरकारी तहमा टेकुमा मात्रै छ । शरीरमा अरु रोग छ छैन भनेर बस्नु हुँदैन । सबैको परीक्षण गर्नुपर्ने हुन्छ । बिरामीको अवस्था के छ, त्यो हेरेर उपचार गर्नुपर्छ ।
सिजनल फलफुल खाँदा राम्रो फलफुल खाँदा सिजनल फलफुल खादाँ राम्रो हुन्छ । तर, राम्ररी पखालेर खान सकिन्छ । विशेषगरी गर्मीयमामा पानी धेरै हुने फल खान सकिन्छ ।
फलफुल खाँदा आफनो शारीरीक अवस्था हेरेर सेवन गर्नुपर्छ । खरबुजा, काक्रो जस्तो फलफूलमा पानी, नुन, पोटासियमको मात्रा बढी हुन्छ । यसैले यो सिजनमा पानीको मात्रा बढी भएका फलफूल खान सकिन्छ ।
समस्या हुन नदिन हामीले खाना राम्ररी पकाएर, राम्रोसँग हात धोएर मात्रै खानुपर्छ । सकेसम्म बाहिरको पानी प्रयोग गर्दा सफा पानी मात्र पिउनुपर्छ । होटलमा जाँदा आइसको प्रयोग सकेसम्म गर्नुहुँदैन ।
आइसमा प्रयोग गरिएको पानी सफा छ छैन हेरेर मात्र प्रयोग गर्नुपर्छ । काचोँ खानेकुरा सकेसम्म बाहिर गएर प्रयोग गर्नुहुँदैन। बाहिरको खाना, जंक फुड कम खानुपर्छ ।
(कन्सल्टेन्ट फिजिसियन डा. प्रतिक पौडेलसँग विना न्यौपानेले गरेको कुराकानीमा आधारित)