राजनीति

उपचाररत विश्व कीर्तिमानी आरोही तामाङलाई भेटे प्रचण्डले

By खबरहब

June 26, 2022

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विश्व कीर्तिमानी आरोही शम्भु तामाङको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

प्रचण्डले आइतबार बिहान हरिसिद्दीस्थित नेपाल क्यान्सर अस्पताल पुगेर त्यहाँ उपचाररत तामाङको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

त्यसक्रममा प्रचण्डले तामाङको स्वास्थ्य उपचारमा सरकारको तर्फबाट सहयोग दिलाउन पहल गर्ने बताएका छन् ।

सिन्धुपाल्चोक, लिसंखुपाखर गाउँपालिका–२ घर भई हाल महाराजगञ्ज निवासी तामाङ विगत लामो समयदेखि क्यान्सर रोगको उपचारका क्रममा अस्पतालमा छन् ।

तामाङले सबैभन्दा सानो उमेरमा सगरमाथा आरोहण गरेर विश्व कीर्तिमानी बनाएका थिए ।