आर्थिक

नागरिक लगानी कोषले गर्‍यो बोनस सेयरको घोषणा

By खबरहब

June 26, 2022

काठमाडौँ- नागरिक लगानी कोषले गत आर्थिक वर्ष (२०७७/७८) को नाफाबाट बोनस सेयर वितरण गर्ने भएको छ ।

कोषको बसेको सञ्चालक समिति बैठकले सेयर धनीहरुलाई ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५७८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

प्रस्तावित बोनस सेयर नेपाल सरकार, अर्थ मन्त्रालयको स्वीकृत गरी आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिने कोषले जानकारी गराएको छ ।

कोषले ९८ करोड १० लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्न लागेको हो ।