तस्वीर- बिजनेस स्ट्यान्डर्ड

अन्तर्राष्ट्रिय

टाटासँग मिलेर भारतले ई-पासपोर्ट जारी गर्ने

By खबरहब

June 26, 2022

काठमाडौँ- भारत सरकारले ई–पासपोर्ट जारी गर्ने भएको छ । अन्तर्राष्ट्रिय यात्रालाई सजिलो बनाउँन सरकारले यसै वर्षको अन्त्यसम्ममा ई–पासपोर्ट जारी गर्न लागेको भारतीय अनलाइन समाचार पोर्टल बिजनेश स्ट्यान्डर्डले जनाएको हो ।

.भारतीय विदेशमन्त्री एस जयशंकरले भारतले चाँडै विद्युतीय पासपोर्ट जारी गर्ने जानकारी दिएका हुन् । विदेशमन्त्री जयशंकरले नागरिक अनुभव र सार्वजनिक वितरण सुधार गर्न सरकार प्रतिबद्ध रहेको समेत जनाएका थिए ।

सरकारले कोभिड संक्रमणको समयमा पनि पासपोर्ट सेवा उत्तिकै जोस र जागरका साथ उपलब्ध गराएको उनले बताए । नागरिकका लागि राहदानी नियम र प्रक्रियालाई सरल बनाउन सरकार सफल भएको उनले दाबी गरे ।

भारतीय कम्पनी टाटा कन्सल्टेन्सी सर्भिज टीसीएसले विद्युतीय चिपमा आधारित पासपोर्ट उत्पादन गर्ने बिजनेस स्ट्यान्डर्डले जनाएको छ ।

यसका लागि भारत सरकारले उक्त कम्पनीसँग ६० अर्ब भरतीय रुपैयाँ बराबरको सम्झौता गरिसकेको जनाइएको छ ।