ब्रेकिङ स्टोरी

प्रधानन्यायाधीश जबरामाथिको महाअभियोग अघि बढाउन एमालेको माग

By खबरहब

June 26, 2022

काठमाडौँ- नेकपा एमालेका सांसद खगराज अधिकारीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि लगाएको महाअभियोग प्रस्ताव छानबिनका लागि समितिमा पठाउनुपर्ने माग गरेका छन्।

प्रतिनिधिसभाको आइतबारको बैठकको शून्य समयमा अधिकारीले महाभियोगको प्रस्ताव समितिमा नलैजानु असक्षमता भएको भन्दै यसको साक्षी प्रतिनिधिसभा हुन नहुने बताए । उनले उक्त प्रस्तावलाई समितिमा लगेर छानबिन र सुनुवाइ गर्नुपर्ने अन्यथा संविधानको चरम दुरुपयोग भएको ठहर हुने तर्क गरे । प्रधानन्यायाधीश सिंहदरबारको एउटा र सर्वोच्चको अर्को भन्ने जनगुनासो रहेको उनको भनाइ छ ।

प्रधानन्यायाधीश जबरामाथिको सत्तारुढ गठबन्धनका सांसदहरूले महाअभियोग प्रस्ताव दर्ता गरेका थिए । तर त्यसको थप प्रक्रिया भने अघि बढ्न सकेको छैन । महाअभियोग प्रस्ताव दर्ता भएसँगै जबरा निलम्बनमा परेका छन्।