फाइल तस्वीर- एएनआई

अन्तर्राष्ट्रिय

भारतमा ५६ केजी हेरोइन बरामद प्रकरण- दुई अफगानसहित थप तीन जना पक्राउ

By खबरहब

June 26, 2022

काठमाडौँ– भारतको गुजरात राज्यमा २ अर्ब ८० करोड भारतीय रुपैयाँ बराबरको अवैध लागूऔषध हेरोइनसहित बरामद प्रकरणमा थप तीन जना पक्राउ परेका छन् ।

गत अप्रिल महिनामा अरब सागरमा डुङ्गाबाट २ अर्ब ८० करोड बराबरको अवैध लागूऔषध बरामद गरिएको थियो । घटनामा ९ जना पाकिस्तानी नागरिकलाई पनि पक्राउ गरिएको थियो ।

सोही घटनामा संलग्न रहेको आरोपमा भारतको प्रतिआतंकवादी एकाई तथा तटरक्षक बलले दुई अफगान सहित तीन जनालाई पक्राउ गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

गत अप्रिल महिनामा भारतीय तटरक्षकसँगको सहकार्यमा प्रतिआतंकवाद एकाइले ५६ केजी हेरोइन बरामद गरेको थियो । पछिल्लो पटक पक्राउ परेकाहरु खारी हमिदुल्लाह, मोहम्मद हकिम र अजिम अहमद रहेको एएनआईले जनाएको छ ।

उनीहरु नयाँ दिल्ली र उत्तराखण्डमा बसोबास गर्दै आएको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।