काठमाडौँ- मन्त्रीबाट राजीनामा दिने घोषणा गर्न आयोजना गरिएको कार्यक्रममा रामकुमारी झाँक्री भावुक बनेकी छन् । शहरी विकास मन्त्रीबाट राजीनामा दिन आयोजना गरिएको कार्यक्रममा मन्त्री झाँक्री रोएकी हुन् । कार्यक्रम भावुक हुँदै आँसु झार्न थालेपछि बोल्ने कार्यक्रम पछि सारिएको थियो ।
उनले मन्त्रालयमा बिताएको समयमा प्राप्त उपलब्धिलाई कर्मचारीले प्रस्तुत गरेका थिए । भावुक भएकी मन्त्री झाँक्रीले आफूलाई गाह्रो भएको बताउँदै बोल्ने कार्यक्रम पछाडि धकेलेपछि मन्त्रालयले बिदाइको चिनो दिने कार्यक्रम गरेको छ ।
आजै एकीकृत समाजवादीका अर्का मन्त्री प्रेम आलेले पनि पत्रकार सम्मेलन गर्दै राजीनामा घोषणा गरेका थिए ।
एकीकृत समाजवादीको सचिवालय बैठकले पार्टीबाट सरकारमा पठाइएका मन्त्री परिवर्तन गर्ने निर्णय गरेको थियो । तर मन्त्रीहरू बिदा हुन नमान्दा उक्त पार्टीमा विवाद भएको थियो ।