ब्रेकिङ स्टोरी

प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् पुनर्गठन, यी हुन् थपिएका मन्त्री (सूचीसहित)

By खबरहब

June 26, 2022

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । देउवाले एकीकृत समाजवादीका मन्त्रीहरू हेरफेर गरेका हुन् । माओवादी र कांग्रेसका मन्त्रीहरुलाई मन्त्रिपरिषद्‍मा यथावत् राखिएको छ ।

देउवाले जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरीलाई शहरी विकास, भवानीप्रसाद खापुङलाई बढुवा गर्दै स्वास्थ्य तथा जनसङ्ख्या, शेरबहादुर कुँवरलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री र हिराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका छन् ।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार २४ सदस्यीय मन्त्रीमण्डल गठन भएको छ ।