फाइल तस्वीर

समाचार

भदौ १ गतेदेखि ४० माइक्रोनभन्दा पातलो प्लास्टिक प्रतिबन्ध

By खबरहब

July 26, 2022

काठमाडौँ- सरकारले ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।

वातावरण विभागले एक सूचना प्रकाशित गरी भदौ १ गतेबाट ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन, आयात, बिक्री, वितरण तथा प्रयोगमा कडाइ गर्ने भएको छ ।

सरकारको निर्णय विपरीत ४० माईक्रोनभन्दा पातलो प्लाष्टिकका झोला प्रयोग उत्पादन तथा बिक्री भएको पाइए वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ बमोजिम कारबाही हुने विभागले जनाएको छ ।

यसअघि पनि सरकारले पातला प्लाष्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाए पनि कार्यान्वयन हुन सकेको थिएन ।