आर्थिक

‘मौद्रिक नीति सन्तुलित आएको छ’

By खबरहब

July 26, 2022

काठमाडौँ : नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले मौद्रिक नीति सन्तुलित आएको बताएका छन् । खबरहबले आयोजना गरेको मौद्रिक नीतिमाथिको छलफलमा बोल्दै पछिल्लो समय अर्थतन्त्र संकटमा पर्ने अनुमान भइरहेका बेला उनले मौद्रिक नीति सन्तुलित आएको बताएका हुन् ।

मौद्रिक नीतिका सीमिततालाई ध्यान दिएर सरकारले मौद्रिक नीति बाहिर ल्याएको पनि उनको भनाई छ । अर्थतन्त्रलाई जोगाउन सबैको भूमिका आवश्यक रहेको उनको भनाई छ ।

‘समग्रमा मौद्रिक नीति सन्तुलित छ,’ उनले भने, ‘अर्थ व्यवस्थामा चुनौति थपिएका बेला अहिलेको अवस्था सुधार गर्न मौद्रिक नीति सन्तुलित छ ।’