फाइल फोटो

राजनीति

मन्त्री शशी श्रेष्ठले गरिन् ‘कीर्ते’ नियुक्ति

By खबरहब

July 26, 2022

काठमाडौँ- भूमि व्यवस्था तथा सहकारी मन्त्री शशी श्रेष्ठले कीर्ते काम गरेकी छन् ।

भूमिसुधार मन्त्रालयअन्तर्गत रहेको साझा स्वास्थ्य सेवा सहकारीको सञ्चालक समिति सदस्यमा आफ्नै नन्द पर्ने उर्मिला पोखरेललाई मन्त्रीस्तरीय निर्णयमा नियुक्त गरेकी हुन् ।

सरकारी सेवाबाट दुई वर्षअघि मात्र सेवा अवकाश पाएकी उर्मिला पोखरेललाई मन्त्री श्रेष्ठले सहोदर दाइ श्याम श्रेष्ठ सल्लाहकार रहेको विकल्प सहकारी संस्थाबाट नक्कली अनुभव पत्र बनाउन लगाई नियुक्त गरेकी हुन् ।

मन्त्री श्रेष्ठले यसअघि पनि नक्कली प्रमाणपत्र भएका माधवप्रसाद तिमिल्सिनालाई सहकारी बोर्डको सदस्यमा नियुक्ति गरेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले छानबिन गरी मुद्दा  चलाएको छ ।