तस्वीर- द स्टेट्समेन

अन्तर्राष्ट्रिय

गुजरातमा विषाक्त मदिरा सेवनबाट २० जनाको मृत्यु

By खबरहब

July 26, 2022

काठमाडौँ- भारतको पश्चिमी राज्य गुजरातमा विषाक्त मदिरा सेवनबाट २० जनाभन्दा बढीको मृत्यु भएको छ । गुजरातमा विषक्त मदिरा सेवन गर्दा अरु २० जना नै गम्भीर बिरामी भएको स्थानीय सञ्चारमाध्यमले जनँएका छन् ।

“बोटाड, भावनगर र अहमदाबादका अस्पतालमा २० भन्दा बढीको उपचार भइरहेको छ । स्रोतका अनुसार धेरैको अवस्था गम्भीर रहेकोले मृत्यु हुनेको संख्या बढ्न सक्ने सम्भावना छ,” द हिन्दू अखबारको अनलाइन संस्करणमा भनिएको छ ।

मृत्युको वास्तविक कारण पत्ता लगाउन शव परीक्षण एवम् पोस्टमार्टम भइरहेको छ । “पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै प्रतिक्रिया दिन सक्नेछौँ,” एक सरकारी अधिकारीले सिन्ह्वालाई फोनमा बताए ।

मदिरा सेवनका कारण मृत्यु भएको भनिएको गाउँ वरपरका धेरैलाई नक्कली मदिरा बेचेको आरोपमा पक्राउ गरिएको छ । राज्य सरकारले घटनाको छानबिन गर्न आदेश दिँदै प्रहरी नायब उपरीक्षकको नेतृत्वमा विशेष अनुसन्धान टोली गठन गरेको छ ।