तस्वीर- एएनआई

अन्तर्राष्ट्रिय

श्रीलंकालाई गर्दै आएको सहयोग जारी राख्ने भारतीय उच्चयुक्तको भनाइ

By खबरहब

July 26, 2022

काठमाडौँ– भारतले श्रीलंकालाई गर्दै आएको सहयोगलाई जारी नै राख्ने जनाएको छ । श्रीलंकाका लागि भारतीय उच्चायुक्तले भारतले श्रीलंकालाई गर्दै आएको सहयोग निरन्तरता दिने जनाएका हुन् ।

भारतीय समाचार संस्था एएनआईका अनुसार श्रीलंकाका लागि भारतीय उच्चायुक्त गोपाल बगलेले श्रीलंकाको लोकतन्त्र, स्थायित्व एवम् आर्थिक सुधारका लागि भारतले गर्दै आएको सहयोगलाई निरन्तरता दिने जानकारी दिएका हुन् ।

चरम आर्थिक संकट एवम् अत्यावश्यक वस्तुको अभावका कारण जनआक्रोश बढ्दै गएसँगै विशाल प्रदर्शनपछि त्यहाँ नयाँ सरकार गठन गरिएको छ ।

नयाँ सरकार गठन भएपनि श्रीलंकाका अवस्थामा तुलनात्मक सुधार आउन नसकेको टिप्पणी गरिन्छ ।

हाल श्रीलंकाले भारत, जापान, चीन, रुस, विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोषजस्ता मुलुक एवम् संस्थाहरुसँग सहयोगको अपिल गर्दै आएको छ ।