फाइल तस्वीर- एएनआई

अन्तर्राष्ट्रिय

तालिबानले महिलाको हत्या गरेपछि अफगानिस्तानमा प्रदर्शन

By खबरहब

July 26, 2022

काठमाडौँ– अफगानिस्तानमा शासन चलाइरहेको तालिबानका लडाकुले एकजना महिलाको हत्या गरेपछि महिलाहरुले प्रदर्शन गरेका छन् । अफगानिस्तानको पञ्जशीर प्रान्तमा महिलाकोे हत्या भएको भन्दै प्रदर्शन भएको हो ।

हत्या भएको समयमा ती महिलाले आफ्ना श्रीमान्का लागि खाना ल्याउन गएको बताइएको छ । सोही क्रममा तालिबानका निशानेबाजले उनीमाथि गोली चलाएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

गत वर्षको अगस्ट महिनामा तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेसँगै त्यहाँ महिला अधिकार उल्लङ्घनका घटनाहरुमा वृद्धि भएको बताइन्छ ।

यसबाहेक तालिबानले महिला एवम् बालिकालाई विद्यालय जान बन्देज लगाएका कारण उनीहरुको शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकार हनन् भएको भन्दै विभिन्न मानव अधिकारवादी संस्थाहरुले विरोध गर्दै आएका छन् ।